१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

लिवर्टी इनर्जीको कारोबार आजबाट सुरु हुने, कति पुग्ला मूल्य ?

४ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसगैँ लिवर्टी इनर्जी कम्पनीको साधारण शेयर (आइपिओ) आजबाट नेप्सेमा कारोबार हुने भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) शुक्रबार नेप्सेमा सुचिकृत भएको हो ।नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ तोकिएको छ । कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो।


कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो। कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एलइसी (LEC) संकेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार ०९:५७