तरूण दलका पूर्वसभापति तामाङसहित पाँच दर्जन कांग्रेस नेता कार्यकर्ता नेकपामा प्रवेश
२ असोज, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटले पालिकाहरूको सपथ ग्रहणसँगै पार्टी प्रवेशको कार्यक्रमलाइ पनिसँगै अघि बढाएको छ। शुक्रबार सूर्यगढी गाउँकमिटीका सदस्यहरूको सपथ ग्रहण कार्यक्रमको अवसर पारेर नेपाली कांग्रेसका पाँच दर्जन नेता कार्यकर्ताले नेकपा प्रवेशको घोषणा गरेका छन ।

नेपाल तरूण दलकाो सूर्यगढी गाउँपालिकाका पूर्व सभापति रामबहादुर तमाङग सहित ५९ जना कांग्रेस कार्यकर्ता नेकपा प्रवेश गरेको नेकपा नुवाकोटका प्रचार विभाग प्रमुख एवं सांसद बद्री मैनालीले जानकारी दिए । सांसद मैनालीका अनुसार पार्टी प्रवेश गर्ने मध्ये केही राप्रपाका नेताहरू समेत रहेका छन ।


प्रकाशित मिति : September 18, 2020 at 9:59 pm









