१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपा सचिवालय बैठक  ४ गते सम्मका लागि स्थगित

२ असाेज,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । भोली संविधान दिवस परेकाले त्यसको तयारीका लागि  बैठक स्थगित गरिएको हो ।आज बस्ने भनिएको सचिवालय बैठक ४ गतेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले बताएका छन् । बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलपछि सचिवालय बैठक तय भएको थियो ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो । ती निर्णयहरूको थप कार्यान्वयनकाबारेमा असोज ४ गते बस्ने सचिवालय बैठकमा छलफल हुने छ ।

प्रकाशित मिति : 10:26