५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विश्व वातावरण दिवसका अवसरमा रसुवामा अंगुरको बिरुवा रोपण गरीयो

२२ जेठ, रसुवा । उत्तरी रसुवामा पहिलोपटक आज अंगुरको बिरुवा रोपण गरीगको छ । कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने गरिएकोमा आज विश्व वातावरण दिवसको अवसरपारेर अंगुरको बिरुवा रोपण गरीएको हो

विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो । जिल्लाका अन्य कार्यालयमा समेत बिरुवा रोपण गरिएको छ ।

‘एक कर्मचारी, एक फलफूल बिरुवा रोपण’ अभियानलाई सार्थक पार्न अंगुरको ६७, अंजिर ३५ र कागतीको १०० वटा बिरुवा रोपण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

समुद्री सतहदेखि तीन हजार ५०० मिटर उचाइ लाङ्टाङको आसपास क्षेत्रसम्म कागती फल्ने तथा अंगुर र अंजिर उत्तरी रसुवामा पहिलोपटक रोपण गरिएको हो । कृषि कार्यालयका बागवानी अधिकृत राधेश्याम बराईले अंगुरखेती परीक्षण सफल भएमा किसानलाई अंगुरखेतीतर्फ आकर्षित गराउने योजना रहेको बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १२:५७