नारायणकाजीको कुलमान लबिङः के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित ?
२९ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका पार्टी पवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणबाट विदा भएका कुलमान घिसिङको खुला लबिङ गरे । सामाजिक सञ्जाल मार्फत उनले खुला रूपमा कुलामानको लबिङ गरेपछि नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले श्रेष्ठको रबैयाको खुलेर आलोचना गरेका छन ।
सोमबार साँझ सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रचार विभागका उपप्रमुख थापाले प्रवक्ता श्रेष्ठले के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित भएर यस्तो काम गरेका होलान भन्दै प्रश्न गरेका छन । उनले भनेका छन ‘कुलमान घिसिङको पक्षरविपक्षका यतिबेला आआफ्ना मतरअभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन । तर एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै ! कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?’

थापाले श्रेष्ठको कुलमान भक्तिप्रति लक्षित गर्दै थापाले प्रश्न गरे नेपाल आमाका सपूतू को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ भन्दै थापाले थप प्रश्न गरेका छन ।
उपप्रमुख थापाले श्रेष्ठको पार्टीको जिम्मेवारी के हो भन्ने विषय पनि सम्झाउन खोजेका छन । उनले भनेका छन ‘पार्टीको हाल जिम्मेवारी यही हो र रु सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र रु सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको रु पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन रु के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला रु बुझ्नै पो कठीन भयो !’
प्रकाशित मिति : 22:58









