१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

असोज ५ बाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

२९ भदाै, काठमाडाैँ । सरकारले असोज ५ बाट सबै खालको लकडाउन खुलाको तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालनमा ल्याउने निर्यण गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उडानसँगै लामो दूरीका यातायात सञ्चालनमा ल्याउने निर्यण गरेको छ । दशैँ तिहार लगायतको महत्वपूर्ण चाडबाडहरू सन्निकट रहेको अवस्थामा सरकारले यस्तो निर्णय गरेको छ ।

प्रकाशित मिति : 21:21