२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

स्वतन्त्रता, माइन्ड र डाइलेक्टिक्स !

-रामलाल श्रेष्ठ

स्वतन्त्रता के हो ?

मानिसको इच्छा र आकाङ्क्षा को परिपूर्तिको अवरोध विहिनताको अवस्था नै स्वतन्त्रता हो। मानिसको भित्र हर पल केही न केही इच्छा वा चाहना सृजना हुने क्रम चलिरहन्छ। आफ्नो मन भित्र उव्जने इच्छा वा चाहना विना अवरोध पुरा हुने अवस्था को निर्माण नै स्वतन्त्रता हो। स्वतन्त्रता को यो परिभाषा अनुसार मानिस आफ्नो मनमा उव्जने जुनसुकै र जस्तोसुकै इच्छा वा चाहनामा वाच्न पाउन पर्दछ भन्ने नै हो। स्वतन्त्रताको यो परिभाषा लाइ नकारात्मक स्वतन्त्रता भनिन्छ अर्थात् अवरोध विहिनताको अवस्था भनिन्छ।

इसाको सोह्रौ र सत्रौ शताब्दीमा अणुवादी दर्शन भित्र परिभाषित गरिएको नकारात्मक स्वतन्त्रता लाइ अठारौ शताब्दीमा केही दार्शनिक हरुले चुनौति दिने काम गरे। अठारौ शताब्दीको उत्तरार्द्धमा जन्मिएका (१७७०) मा हेगेल ले उन्नाइसौं शताब्दीको पहिलो प्रहर मै चुनौती दिने काम गरे। कार्लमार्क्स जन्मनु भन्दा अगाडि नै स्वतन्त्रता को खास अर्थ सम्झाउन हेगेलबाट माइन्ड वा स्पिरिट (spirit) को अवधारणा अगाडि सारे।

हेगेलको the phenomenology of spirit मा स्वतन्त्रता र विवेक ( rationality) को रियल अर्थ माइन्डले एकै पटक बुझ्दैन। स्वतन्त्रता र विवेकको अर्थ वा परिभाषा माइन्ड भित्र छिपेको हुन्छ। माइन्डले स्वतन्त्रता र बिवेको अर्थ बुझ्दै वा परिभाषित गर्दै जाने क्रममा इतिहास को निर्माण हुदै जान्छ। मानिसले स्वतन्त्रता र विवेकको बुझाइ को आधारमा आफ्नो सामाज निर्माण गर्दै जान्छ। स्वतन्त्रता र विवेकको परिभाषा को बुझाइ एकैपल्ट माइन्ड ले बुझ्न सक्दैन। समयक्रममा विस्तारै विस्तारै अर्थात् स्टेप वाइ स्टेप स्वतन्त्रता र विवेक को परिभाषा वुझ्ने तरिका नै डाइलेक्टिक्स हो।

माइन्ड के हो ?

स्वतन्त्रता र विवेक (rationality) को अर्थ बुझ्दै जाने उपकरणको नाम नै माइन्ड हो । माइन्ड नामको उपकरण भित्र स्वतन्त्रता र विवेकको परिभाषा छिपेको हुन्छ। स्वतन्त्रता र विवेको रियल अर्थ बुझ्न को लागि माइन्ड वा spirit ले आफ्नो विपरीत वस्तुमा रुपान्तरण हुन जरुरी हुन्छ। माइन्ड वा स्पिरिट को विपरीत वस्तु भनेको भौतिक संसार हो । भौतिक वस्तु वा भौतिक संसारको सृजनाको मूख्य कारण जान्ने उदेस्यले हेगेलबाट माइन्डको अवधारणाको सहारा लिएको देखिन्छ ।

भौतिक संसारको उत्पतिको कारण खोतल्ने क्रममा माइन्डले स्वतन्त्रता र विवेकको मूल अर्थ बुझ्ने उदेस्यले आफ्नो विपरीत वस्तु भौतिक संसारमा रुपान्तरण भएको हो। भौतिक संसारको सबै भौतिक बस्तु माइन्ड को रुपान्तरण भएको विपरीत वस्तु हो। भौतिक संसारको सवै निर्जिव र जिवित सवै भौतिक पदार्थ माइन्ड वा स्पिरिट कै रुपान्तरीत बिपरित पदार्थ हुन।

जव यो भौतिक संसारमा मानिसको उत्पति भयो माइन्ड वा स्पिरिट ले स्वतन्त्रता र विवेकको परिभाषा बुझ्ने उपयुक्त वातावरण निर्माण भयो। मानिस को सोच्ने उपकरण र गतिविधि गर्ने उपकारण ( human body) को निर्माण पछी माइन्ड ले आफूभित्र छिपेको स्वतन्त्रता र विवेको अर्थ बुझ्दै बुझ्दै जान थाल्यो। स्वतन्त्रता र विवेकको अर्थको बुझाइ को आधारमा मानिसले आफ्नो सामाजिक संसारको निर्माण गर्दै आगाडि बढने क्रम नै इतिहास हो।

इतिहास को एउटा कालखण्डमा माइन्ड को स्वतन्त्रता र विवेकको एक खाले बुझाइको आधारमा एक खाले समाजको निर्माण हुन्छ। माइन्ड को स्वतन्त्रता र विवेकको वुझाइ समय क्रममा विस्तारै विस्तारै अर्को चरणमा प्रवेश गर्दछ। पुरानो बुझाइमा विस्तारै विस्तारै स्वतन्त्रता र विवेकको बुझाइमा परिवर्तन हुदै अर्को बुझाइमा पुगेपछी नया समाज को निर्माण हुन्छ। यो नया समाज को स्वतन्त्रता र बिवेकको बुझाइ वा अर्थ हिजोको भन्दा उन्नत वा विकसित स्तरको हुन्छ। हिजो माइन्ड ले स्वतन्त्रता र विवेकको पाँच प्रतिशत को बुझाइ मा आफ्नो समाज निर्माण गरेको थियो भने आज स्वतन्त्रता र विवेकको बुझाइ दश प्रतिशत मा पुगेको हुदा हिजोको भन्दा उन्नत समाजको निर्माण सम्भव भयो।

डाइलेक्टिक्स के हो ?

स्वतन्त्रता र विवेकको समयक्रममा बुझ्ने प्रक्रिया को नाम नै डाइलेक्टिक्स हो। अर्थात् माइन्डले स्वतन्त्रता र विवेकको मूल अर्थ बुझ्ने ऐतिहासिक प्रक्रिया नै डाइलेक्टिक्स हो। तसर्थ इतिहास माइन्ड को स्वतन्त्रता र विवेकको बुझाइको तहगत यात्रा हो ।

(समसामयिक विषयमा कलम चलाउने श्रेष्ठ अनेरास्ववियू नुवाकोटका संस्थापक हुन ।)

प्रकाशित मिति : September 14, 2020 at 9:09 pm