१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

सर्वोच्चबाट धरौटीमा छुट्ने आदेश पाएका व्यवसायी अग्रवाललाई विशेषले थुनामा पठायो

१३ असोज, काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइराला सम्मिलित इजलासले मंगलबार अग्रवाललाई थुनामै राख्ने आदेश गरेको हो। विशेष अदालतको आदेशसँगै अग्रवाललाई पुनः कारागार चलान गरिएको छ।

यसअघि सर्वोच्च अदालतले अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले गत भदौ ३१ गते उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको थियो।

सर्वोच्चले अग्रवालमाथि लगाइएका विभिन्न अभियोगमा उनको प्रत्यक्ष संलग्नता नदेखिएको निष्कर्षसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आदेशमा अग्रवालको उमेर र स्वास्थ्य अवस्थालाई समेत आधार बनाइएको थियो।

तर सर्वोच्चको आदेशपछि रिहा हुने अपेक्षा गरिएका अग्रवाललाई विशेष अदालतको पछिल्लो आदेशले पुनः कारागार फर्काएको हो।

यस्तो थियो सर्वोच्चको आदेशः

प्रकाशित मिति : September 29, 2026 at 9:22 pm