साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा चन्द्र प्रकाश ढकाल
सिड्नी (अष्ट्रेलिया) — अष्ट्रेलियाको सिड्नीस्थित साउथ वेष्ट क्षेत्रमा सक्रिय सामाजिक संस्था साउथ वेष्ट नेप्लिज कम्युनिटी (SWNC) सिड्नीको २०२६–२०२८ कार्यकालका लागि चन्द्र प्रकाश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
स्थानीय अष्ट्रेलियाली जनप्रतिनिधि तथा नेपाली समुदायका सामाजिक अगुवाहरूको उपस्थितिमा आयोजित विशेष समारोहका बिच नयाँ नेतृत्वको घोषणा तथा पदस्थापन गरिएको हो।
आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष ढकाल सहित, उपाध्यक्ष प्रकाश पौडेल, महासचिव विवेक निरौला, कोषाध्यक्ष हेमा भण्डारी, सचिव सुमन न्यौपाने र प्रवक्ता प्रदीप लामा रहनु भएको छ । यसैगरी कार्यकारी सदस्यहरू सुबन चौलागाईं, वसन्तराज ओझा, पुनम भुसाल आचार्य, सुदन लामा, महेश भट्टराई, विशाल सुवेदी, सन्तोष बञ्जाडे, समर ढुङ्गाना र बिनोद पौडेल रहनु भएको छ ।
सिड्नीको साउथ वेष्ट क्षेत्र बहुसांस्कृतिक जनसङ्ख्या, द्रुत गतिमा भइरहेको भौतिक पूर्वाधार विकास (जस्तै: वेस्टर्न सिड्नी एयरपोर्ट नजिकैको क्षेत्र) र फराकिलो रिहाइशी बस्तीका लागि परिचित छ। जसमा लिवरपूल, फेयरफिल्ड, क्याम्बेलटाउन, क्याम्डेन, क्यान्टरबरी–बैंकस्टाउन, वोलन्डिली लगायतका क्षेत्रहरु पर्दछन् ।
कार्यक्रममा अष्ट्रेलियाली जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थिति व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा लेपिङ्टन (Leppington) का सांसद नाथन ह्यागार्टी (Mr. Nathan Hagarty) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। प्रमुख अतिथि नाथन ह्यागार्टीले नेपाली समुदायको प्रशंसा गर्दै अष्ट्रेलियाको बिकासमा नेपाली समुदायको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । यसै गरी स्थानीय जनप्रतिनिधिहरू क्याम्डेन काउन्सिलकी पूर्वमेयर थेरेस फेडेली, क्याम्डेन काउन्सिलकी उपमेयर एलिजा रहमान, क्याम्बेलटाउनका मेयर मसउद चौधरी र क्याम्डेन काउन्सिलकी पूर्वकाउन्सिलर उषा डोम्माराजुको सहभागिता रहेको थियो।
भने साधारणसभामा नेपाली समुदायका सामाजिक अगुवाहरूहरुको समेत व्यापक उपस्थिति रहेको थियो । ओएनएफ अन्तर्राष्ट्रिय अध्यक्ष रमेश पाण्डे, गैरआवासीय नेपाली संघ (NRNA) आइसिसी उपाध्यक्ष दिनेश पोखरेल, आइसिसी सदस्य केशव जोशी, एनसीसी कोषाध्यक्ष निजन चौलागाईं, पूर्वअध्यक्ष नन्दा गुरुङ, पूर्वउपाध्यक्ष देव गुरुङ, जनसम्पर्क समिति एनएसडब्ल्यू अध्यक्ष राजु गिरी, एनएडीएफका पूर्वअध्यक्ष छिरिङ लामा, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष झलक ढुंगाना, अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष दीपक चुडाल, एन्टा अध्यक्ष सुजित सिंह, रुपन्देही नेटवर्क समाजका पूर्वअध्यक्ष दिवाकर काफ्ले, ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक समाजका अध्यक्ष विष्णु हमाल र तनहुँ समाज अस्ट्रेलियाका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति थियो।
कार्यक्रममा अन्य वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निवर्तमान समितिको योगदानको उच्च प्रशंसा गरेका थिए। नवनिर्वाचित अध्यक्ष ढकालले साउथ वेष्ट सिड्नीमा दु्रत रूपमा बढ्दै गएको नेपाली समुदायको हकहित, एकता र संस्कृति प्रवर्द्धनका लागि आफ्नो कार्यसमिति प्रतिबद्ध भएर लाग्ने बताउनुभयो।
प्रकाशित मिति : September 29, 2026 at 3:42 am




