चुनाव हार्दैमा नेताले ५ बर्ष पर्खनु पर्दैनः माधव नेपाल
२८ भदाै, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले चुनाव हारेका नेतालाई राष्ट्रिय सभामा लैजानु जायज भएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले चुनाव हार्दैमा नेताले ५ बर्ष पर्खनुपर्ने तर्क अनुचित भएको बताए । ‘नेताले चुनाव हार्दैमा ५ बर्ष पर्खनुपर्छ भन्ने कुरा गलत रहेकाे बताए । नेतालाई आवश्यकताले जहाँ पनि ल्याउन सकिन्छ,’ कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा नेता नेपालले भने । उनले चुनाव हारे पनि नेतालाई पदमा ल्याउन कुनै बाधा नहुने जिकिर गरे ।
‘चुनावमा त जीत हार भइरहन्छ, कुन ठुलो कुरा भयो र ? चुनावमा हारजीत भइरहन्छ, हार्ने बित्तिकै पद पाइदैन भन्ने कुरा गलत हो, चुनावमा टेक्निकल्ली हार्ने बित्तिकै जनताबाट पुरै अस्वीकृत भयो भन्ने ठान्नु हुँदैन, उस्को आवश्यकता के छ, नेशनले के महसुस गरेको छ ? तपाई जो सुकैलाई खोज्न त जाँदैनन नि । तपाईलाई बनाई दिनुपर्यो भनेर हुन्छ ? तपाई जतिसुकै टाउको फोडे पनि, रुए पनि, कराए पनि, कचिच्च्याए पनि दिँदैनन, तर किन खासखास नेतालाई दिन्छन त ?,’ नेपालले भने ।

उनले नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय सही भएको र बिरोध गलत भएको बताए । ‘भारतमा हेर्नाेस त । चुनाव हारे पनि तिनै ब्यक्तिलाई राज्यसभामा लिएर गएको छैन । अहिले बामदेव कमरेडको बारेमा जुन टिप्पणी भइरहेको छ, त्यो गलत भएकाे,’ नेपालको भनाई छ ।
प्रकाशित मिति : 14:21









