९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

मेरा बारेमा कुप्रचार गर्नेहरू एमसीसी पारित गराउन लागिपरेका दलालहरू हुन्ः नेता रावल

२७ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा नभनेका कुरा समेत गरेर कुप्रचार गर्नेहरू एमसीसी पारित गराउन लागिपरेका दलालहरू रहेको बताएका छन । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।

उनले ट्वीटरमा प्रतिक्रिया दिएका छन, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन । ’ रावलले स्थायी कमिटी बैठकमा एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै समाचारहरु सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : September 12, 2020 at 1:14 pm