नुवाकोटमा नेकपा प्रवेशको लहर, कांग्रेसबाट निर्वाचित प्रतिनिधिसहित तीन दर्जन नेकपामा
२६ भदौ, नुवाकोट । नुवाकोटमा नेकपा प्रवेशको लहर चलेको छ । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू पछिल्लो समय कोरोनाको प्रवाह नगरी हुलका हुल नेकपा प्रवेश गरेका छन । पछिल्लो केही महिनामा विभिन्न स्थानीय तहमा कांग्रेसका पाँचसय बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपा नुवाकोटका प्रचार विभाग प्रमुख एवं बागमती प्रदेशसभा सदस्य बद्री मैनालीले जानकारी दिए ।

शुक्रबार जिल्लाको म्यागङ गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी तीन दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन । उनीहरूलाइ प्रचार विभाग प्रमुख मैनालीसहित नेकपा नुवाकोटका अध्यक्ष हरिनाथ खतिवडा र सचिव नारायण खतिवडा, नेकपा बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डे लगायतले खादा र टीक लगाएर नेकपामा स्वागत गरे ।

मैनालीका अनुसार म्यागङ गाउँपालिका बडा नं. ०५ का जन निर्बाचित प्रतिनिधि वडासदस्य तथा नेपाली कांग्रेस म्यागङका नेता देवीचरण खड्कासहित तीन दर्जन नेता र कार्यकर्ता नेकपा प्रवेश गरेका छन । खड्काले कांग्रेस परित्याग गरी नेकपाको सदस्यता ग्रहण गर्दै आफ्ना सम्पूर्ण काम राजनैतिक, सामाजिक कार्यहरू नेकपाको विधि प्रकिया भित्र रहि गर्ने बताए परिवारदल नुवाकोटका उपाध्यक्ष बुद्विमान बाईवा लगायतको टोली पनि नेकपा प्रवेश गरेको प्रचार विभाग प्रमुख मैनालीले बताए ।

प्रकाशित मिति : 19:03









