१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नुवाकोटमा नेकपाको पालिका कमिटीको सपथ धमाधम, म्यागङमा ७५ जनाले खाए सपथ

२६ भदाै, नुवाकोट । नुवाकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पालिका कमिटीको सपथ धमाधम भैरहेको छ । पालिका कमिटीहरू घोषणा भएर सपथको तयारी गर्दागर्दै कोरोनाकै कारण केही महिना रोकिन पुगेको सपथग्रहण अहिले सुरू भएको छ । काठमाडाैँ उपत्यकासहित केही जिल्लामा समस्या भए पनि नुवाकोटमा कोरोनाको संक्रमण तीब्र नरहेकाले पालिका कमिटीहरूको सपथ ग्रहणको कार्यक्रमहरू जारी राखेको नेकपा नुवाकोटका प्रचार विभाग प्रमुख एवं बागमती प्रदेशसभाका सदस्य बद्री मैनालीले जनाकारी दिए ।

मैनालीका अनुसार शुक्रबार म्यागङ गापालिका कमिटीका सदस्यहरूले सपथ गरेका छन । बुद्धि बहादुर तामाङको नेतृत्वमा रहेको ७५ सदस्यीय कमिटीको सपथ ग्रहण सम्पनन भएको मैनालीले बताए । सपथमा उपस्थित हुने कार्यकर्ताले स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गरेको र सबैले मास्क लगाएर निश्चित दूरी कामय गरेर सपथ गराइएको उनले बताए ।

सपथ कार्यक्रममा मैनालीसहित नेकपा नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशसभाका सदस्य हिरानाथ खतिवडा, जिल्ला कमिटीका सचिव एवं प्रतिनिधिसभाका सदस्य नारायण खतिवडा, नेकपा बागमती प्रदेश कमिटीका सदस्य एवं बागमती प्रदेशसभाका सदस्य केशवराज पाण्डे, बागमती प्रदेश कमिटीका सदस्य एवं नेकपा नुवाकोटका संस्थापक रामशरण प्याकुरेल, नेतृहरू विन्दा ढुंगाना, सुभद्रा नेपाल लगायतका नेताहरू उपस्थित रहेका थिए ।

प्रकाशित मिति : 18:32