नेकपा स्थायी कमिटी बैठक जारी, बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई
२६ भदाै, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा करिब २० मिनेट बसेर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सञ्चालन गरिरहेका छन ।

प्रधानमन्त्रीले आफ्नो भानाइ राखेर बैठक सञ्चालनको जिम्मा प्रचण्डलाइ दिएर बाहिरिएका हुन । लामो राजनीतिक तनाव अन्त्य गर्दै नेकपा अब दुइ अध्यक्षको समझदारीमा चल्ने बाटोमा अघि बढेको छ । यसअघि असार १८ गते अवरूद्ध हुनपुगेको बैठक साउन ६ गते केहीबेर बसेको थियो । बैठकमा कार्यदलले तयार पारेको प्रतिवदेन र प्रतिवेदनका आधारमा अध्यक्षद्धयले तयार गरेको कार्ययोजनाको बारेमा छलफल भैरहेको बुझिएको छ । स्थायी कमिटी बैठक आजै टुग्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : 14:07









