५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

धनगढीमा नौ लाख लुटेर फरार दुईजना काठमाडौंबाट पक्राउ

२१ जेठ, काठमाडौँ । महानगरीय अपराध महाशाखाले नौ लाख ५० हजार लुटेर फरार दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले धनगढीमा प्रभु मनी ट्रान्सफरका कर्मचारीलाई जेठ १३ गते गोली हानेर रकम लुटी फरार रहेका कैलालीका २८ वर्षीय रामप्रवेश राना र कञ्चनपुरका २३ वर्षीय कालु रानालाई आज बिहान गोँगबुबाट पक्राउ गरेको हो ।

उनीहरुले कैलाली उपमहानगरपालिकामा रहेको सिद्धार्थ बैंकबाट प्रभु मनी ट्रान्सफरका कर्मचारी निर्मल कार्कीले रकम निकालेर साइकल चढी आइएमइतर्फ जाँदै गर्दा मोटरसाइकलमा गएर गोली हानी उक्त रकम लुटेर फरार भएका थिए ।

पक्राउ परेकामध्ये कालु राना जबर्जस्ती करणी मुद्दामा विसं २०६८ मा कञ्चनपुर जिल्लामा पक्राउ परी छ वर्ष कैद बसेर विसं २०७४ माघमा छुटेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १९:५७