नेकपा स्थायी कमिटी बैठक केहीबेरमा बस्दै, अतीतमुखी कचिङ्गलबाट मुक्त हुने अपेक्षा
२६ भदाै, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पार्टीलाइ अतीतमुखी कचिङ्गलबाट मुक्त गराउने अपेक्षा गरिएको छ । यसअघि विवादका कारण एक महिनासम्म स्थागित भएको स्थायी कमिटी बैठक भदाै ६ गते बसेको थियो ।
उक्त बैठकले पहिरो पीडितको राहत र उद्धारमा जुट्न पार्टी कार्यकर्ता र सरकारलाइ अनुरोध गरेको थियो । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले दिएको प्रतिवेदन र त्यसैको जगमा तयार पारिएको कार्ययोजना बैठकमा पेश गरेर अनुमोदन गर्ने तयारी गरिएको छ ।

नेकपाका प्रचार विभागका उपप्रमुख समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकले अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर पार्टीलाइ सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको बताएका छन । उनले गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण,सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि नरहेको बताएका छन ।
नेकपा अब २०७६ फागुन यता विभिन्न रूपमा देखा परेको दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुरूप पुनस् दुई अध्यक्षको समझदारीमा फर्केको छ । खासमा एकताको पहलकर्ता र निर्णयकर्ता दुबै ओली र प्रचण्ड नै हुन र एकता जोगाउने समझदारी पनि दुई जना अध्यक्षहरूकै रहेको पार्टीका नेताहरूले बताए ।
प्रकाशित मिति : 10:17









