१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

एसिड पीडितको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, यस्ता छन प्रधानमन्त्रीको घोषणा

२५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) पीडितहरूलाई न्याय दिन अध्यादेश मार्फत कानुन बनाउने घोषणा गरेका छन । प्रधानमन्त्रीले सो घोषणा लगत्तै १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उहाँले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताउनुभयो । देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी आजको विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले  व्यहोर्ने घोषणा गरेका छन ।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने प्रधानमनन्त्रीले बताएका छन । प्रधानमन्त्रीले उचित तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने सबताए । प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित पनि बताएका छन ।

हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत प्रधानमन्त्रीले सबैलाई आह्वान गरेका छन । सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त पारेका छन । नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना पीडित बनेका छन ।

प्रकाशित मिति : 14:35