५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

छुवाछूत गर्नेलाई कडा कारवाही हुन्छः गृहमन्त्री थापा

२१ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आजको २१ औँ शताब्दीमा समेत जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२ औँ राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, दलित महिला उत्थान सङ्घ (एड्वान), जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा आज आयोजित, ‘जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र समाधानको उपाय’ विषयको अन्तक्र्रियामा मन्त्री थापाले भने, “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नेबारे सरकारले देशव्यापी अभियान नै चलाउँदै छ, जातीय आधारमा छुवाछूत वा विभेद भएको बारे मलाई जानकारी दिनुहोस् म सरकारको तर्फबाट हदैसम्मको कारवाही गर्नेछु ।”

आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सदियौँदेखि पछाडि पारिएको दलित समुदायको समस्या समाधान गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने वर्तमान सरकारको योजना रहेको जानकारी उनले दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १८:४७