१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

२३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न मातहतका निकायलाई निर्देशन दिएका छन । मंगलबार प्रधानमन्त्री निवासमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको टिम बोलाएर तत्काल योजना बनाएर अघि बढ्न निर्देशन दिए ।

सोक्रममा प्रधानमन्त्रीले मनोचिकित्सकहरूसँग छलफल गर्दै स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी तथा निजी क्षेत्रका निकायहरूलाई समन्वय गरेर काम गर्न अनुरोध गरे । छलफलमा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकहरूको विशेष योगदान हुने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार छलफलमा प्रधानमन्त्रीले भने ‘कोभिड–१९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’

छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल, प्रवक्ता प्रा डा जागेश्वर गाैतम, विज्ञहरू  प्रा.डा. सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा.डा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल लगायत सहभागी थिए ।

प्रकाशित मिति : 15:11