१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपाको स्थायी कमिटी बैठक भदौ २६ मा, अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल

२२ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक यही भदाै २६ गते शुक्रबार बस्ने भएको छ । सोमबार बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि शुक्रबार स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । उहाँहरूको बीचमा कार्यदलको प्रतिवेदन कार्यान्वयन लगायको विषयमा छलफल भएको बुझिएको छ । कार्यदलले गत ६ गते प्रतिवेदन बुझाएपछि सचिवालय बैठकमा छलफल भए पनि स्थायी कमिटीमा छलफल हुन बाँकी छ ।

प्रकाशित मिति : 11:55