१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सर्वोत्कृष्ठ कर्मचारी नभेटिए पनि १० जनाले पाए उत्कृष्ट निजामति सेवा पुरस्कार (सूचीसहित)

२२ भदौ, काठमाडौं । सरकारले निजामति प्रशासनमा सर्वोत्कृष्ट कर्मचारी यस पटक पनि भेट्न सकेन । यद्पी १० जना उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीलाइ पुरस्कृत गर्ने निर्णय गरेको छ । त्यस्तै ३० जनालाइ निजामति सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ ।

निजामति सेवा दिवसका दिन तीन बिधामा कर्मचारी पुरस्कृत गर्ने संस्कार सरू गरिएको भए पनि चाैँथो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएनन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार उत्कृष्ठ निजामति सेवा पुरस्कार पाउनेले नगद १ लाख रूपैयाँ पाउनेछन भने निजामति पुरस्कार प्राप्त गर्ने कर्मचारीले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन ।

सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि बेइजिङस्थित नेपाली राजदूतावासका सहसचिव सुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज जोशीलाइ दिने निर्णय गरेको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव डिलाराम पन्थी, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरका सीडीई सुरतकुमार बम, लोक सेवा आयोग केन्द्रीय कार्यालयका उपसचिव टामलाल पाण्डे, कमल गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अधिकृत (छैटौं) उषादेवी देवकोटा र प्रधानमन्त्री कार्यालयका हलुका सवारी चालक धनबहादुर लामालाइ उत्कृष्ट निजामति सेवा पुरस्कार दिने निर्णय भएको छ ।

यी हुन पुरस्कार प्राप्त गर्ने कर्मचारीहरू 

प्रकाशित मिति : September 7, 2020 at 9:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/