१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

बामदेव र नारायणकाजीका कारण संविधान संकटमाः नेता नेपाल

२० भदाैँ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले बामदेव गाैतम र नारायकाजी श्रेष्ठका कारण संविधान एक कार्यकाल पनि नटिक्ने संकेत देखिएको बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी सार्वजनिक गर्दै नेता नेपालले जनताले बनाएको भनिएको संविधान एक कार्यकाल पनि नटिक्ने संकेत देखिएको बताए ।

नेता नेपालले भनेका छन ‘वामदेव गौतम र नारायणकाजी रास्ट्रिय सभामा जानु भयो । त्यो बुढाबुढीकै मंच हो। ब्यथा त संविधानको भो। जनताले बनाएको भनिएको संविधान एक कार्यकाल पनि नटिक्ने भो।’ नेता नेपालले राष्ट्रियसभा बुढाहरूकै मञ्ज भएकाले गाैतम र श्रेष्ठको प्रतिनिधि ठीकै भएजस्तो देखिए पनि संविधान नै समस्यामा परेको बताएका छन ।

प्रकाशित मिति : 14:58