५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रसुवाको प्रमुख दुई स्थानमा प्रहरी चौकी स्थापना गरिने

–झरना नेपाली 

२१ जेठ, रसुवा । रसुवाको प्रमुख दुई स्थानमा प्रहरी चौकी स्थापना गरिने भएको छ । जिल्लाको धार्मिक तिर्थस्थल गोसाइँकुण्ड जाने बाटो र चीनसँगकोे अन्तराष्ट्रिय व्यापारिक नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकमा प्रहरी चौकी स्थापना गरिने भएको हो ।

यात्रु, तिर्थयात्री, यातायात व्यवसायी, नागरिकहरुले सुरक्षित भएको महसुस गर्ने वातावरण सृजना गर्नका लागि प्रहरी चौकी स्थापना गर्न लागिएको हो । चन्दनबारी र मैलुङमा प्रहरी चौकी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । असार मसान्तसम्ममा दुबै स्थानमा प्रहरी चौकी स्थापना भइसक्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्ला प्रशासन सुधार कार्ययोजना निर्माण गरेको छ । कार्ययोजनामा शान्ति सुरक्षा तथा सुव्यवस्था र सीमा सुरक्षाको १२ वटा महत्वपूर्ण बुँदा राखिएको छ ।

जिल्लामा सुरक्षाको दृष्टिकोणले दुई स्थानमा चौकी स्थापना गर्न आवश्यकता भएकाले प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

‘चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका जोड्ने छोटो दूरीको नयाँ सडक निर्माण भएको छ, प्रहरी नायव उपरिक्षक क्षेत्रीले भने, सडक सञ्चालनमा आउनुपूर्व त्यहाँ प्रहरी चौकी स्थापना गर्न पर्छ ।’

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०९:४९