१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मन्त्रीहरूलाई ढुक्कसँग काम गर्न प्रधानन्त्रीको निर्देशन, तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने

१९ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई ढुक्कसँग काम गर्न निर्देशन दिनुभएको छ । शुक्बारको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले हल्लाको पछि नलागी काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गर्दै खाली भएका मन्त्रालयमा मन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद् पुनर्गठन नहुने बताउनुभएको बैठकमा सहभागी मन्त्रीहरूले बताएका छन । बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को पुनर्गठनको प्रचार सरकारविरूद्धको प्रोपोगाण्डा रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : 15:29