५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

युवतीलाई प्रभोलनमा पारी भारततर्फ लैजाने तीन जना पक्राउ

२१ जेठ, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई पनि पक्राउ गरेको जनाएका छन् । पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०८:३६