मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै
१९ भदौ, काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएकाे छ ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । याेसँगे अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् ।
प्रकाशित मिति : 11:32









