१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

अन्ततः सरकारबाट विदा हुनेनै भए अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडा

१८ भदाै, काठमाडाैँ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा अन्ततः सरकारबाट विदा हुनेनै भएका छन । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिश हुने बैठकलाई जानकारी गराउनुभएसँगै डा खतिवडा सरकारबाट विदा हुने निश्चति भएको छ ।

सरकार गठनदेखि नै विवाद र चर्चाको केन्द्रमा रहनुभएका डा खतिवडालाइ सरकारबाट विदा गराउन धेरै विचाैलिया र दाललहरूले अावाज उठाएका थिए । डा खतिवडाको अर्थमन्त्रीमा दोस्रो कार्यालय नियुक्त भएको शनिबार ६ महिना पुग्दैछ । यो समयमा उनी संघीय संसदको सदस्य बन्न सकेको भए मन्त्री पद जोगिन्थ्यो तर बिडम्बना उनको नाम संघीय संसदको सदस्यमा नजाने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न मिल्ने कोटामा गौतमको नाम सिफारिस भएपछि उनी सरकारबाट बाहिरिने छन ।

प्रकाशित मिति : 18:33