नेकपा सचिवालय बैठक दिउँसाे ३ बजेका लागि सर्याे
१८ भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बिहान ११ बजे बस्ने भनिएकाे बैठक दिउँसाे ३ बजेका लागि सरेकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक दिउँसाे ३ बजेका लागि सरेकाे जानकारी दिएकाे हुन् ।
बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि आजका लागि बैठक निश्चित गरिएकाे थियाे ।

आज बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए। बैठकमा पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएकाे छ ।
यसैगरी राष्ट्रिय सभामा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिने वा नदिने बारेमा समेत छलफल हुने बताइएकाे छ । अर्थमन्त्री खतिवडाको पद भदाै २० गते सकिँदै छ।
प्रकाशित मिति : 09:59









