३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

ललितपुर महानगरका कर्मचारी राजेन्द्र नेमपुल र दालल कृष्ण बोगटी ७० हजार घुससहित पक्राउ

२० जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिकाका कर्मचारीलाई ७० हजार घुससहित पक्राउ परेको छ । घरबहाल कर थोरै तिर्नुपर्ने गरी मिलाइदिने भन्दै घुस लिने खरिदार राजेन्द्र नेमपुललाई आयोगको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनीसहित विचौलिया कृष्ण बोगटीलाई पनि आयोगले पक्राउ गरेको जनाएको छ । नेमपुले एक स्थानीयलाई २ लाख ५४ हजार रुपैयाँ घरबहाल कर ८७ हजार रुपैयाँसम्म मिलाइदिने भन्दै ७० हजार घुस लिएका थिए ।

प्रकाशित मिति : June 3, 2018 at 3:01 pm