५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

३८ क्वीन्टल सुन तस्करी प्रकरणः गोरेले पोलेका मुख्य अभियुक्त छिरिङले पनि गरे आत्मसमर्पण

२० जेठ, विराटनगर । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा अर्का अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले पनि आत्मसमर्पण गरेका छन । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् ।

उनको अदालतमा बयान सुरु भएको छ । मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले वयानका क्रममा नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए । यसअघि गोरे, प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीले पनि आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७५, आईतवार १४:१८