५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सगरमाथा आरोही महिला पत्रकार सम्मानित

१९ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गरेका छन् । एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुने बताए ।

आफूलाई सगरमाथा आरोहणको रहर भए पनि युवावस्थामा राजनीति गर्दा भूमिगत बस्नुपरेको कारण स्वास्थ्य स्थिति नाजुक भई चढ्न नसकेको मन्त्री ओलीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपाका महासचिव विष्णुप्रसाद पौडेललगायतले पनि उनिहरुलाई सम्मान गरेका थिए । सफल आरोही पत्रकारमा रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ र कल्पना महर्जन छन् । प्रियालक्ष्मी कार्की भने स्वास्थ्यको कारणले सात हजार मिटरबाट फर्किएकि थिइन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ११:२४