नेकपाका नेता तमाङद्धारा कोरोना बीमाको रकममा अर्को एक लाख थपेर दुई लाखको कोष स्थापना
१५ भदाै, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका नेता वीरबल तमाङले कोरोना बीमाको रकममा अर्को एक लाख थपेर दुई लाखको कोष स्थापना गर्ने बताएका छन । होम आइसोलेसनमा बसेर कोरोना मुक्त भएका तमाङले आफूले बीमा बापत पाउने रकममा थप एक लाख थपेर दुई लाखको कोष स्थापना गरेर गरिब र निम्न आयस्तर भएका नागरिकको स्वास्थ्य उचारमा सहयोग गर्ने बताए ।

नेकपा किस्पाङ गाउपालिका कमिटीका अध्यक्ष समेत रहेका तमाङ आइतबारबाट कोरोनामुक्त भएका छन । होम आइशोलेसनमा रहेको समयमा नेताहरूलाइ चुनावमा पैसा बाँड्नको सट्टा अहिले कोरोना बीमा गरिदेउ भनेर आग्रह गरेका तमाङले कोरोनामुक्त भए लगत्तै आफ्नै समाजका निम्न आय भएका व्यक्तिको सहयोगका लागि भनेर कोष स्थापना गर्ने बताएका हुन ।
यो पनि पढ्नुहोस्
-कोरोनासँग लडिरहेका नेकपा नेता भन्छनः चुनावमा हजार नबाँड्नुस तर अहिले बीमा गरिदिनुस्
प्रकाशित मिति : 09:17









