५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रसुवा हाकुमा मोटर बाटो निर्माण शुरु

१९ जेठ, रसुवा । सदरमुकामको नजिक रहे तापनि विकट हाकु गाउँमा मोटर बाटो पुग्न सकेको थिएन । ५०० भन्दा बढी घर परिवारलाई यातायातको पहँुच पु¥याउन आफ्नो आन्तरिक बजेटमार्फत शुक्रबारदेखि सडक निर्माण अगाडि बढाइएको त्यहाँको गाउँपालिकाले जनाएको छ ।

त्रिशूली नदी किनारबाट स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण भएपछि हाकु क्षेत्रमा सडक निर्माण गर्न सहज वातावरण सिर्नना भएको छ ।
गाउँ पालिकाको अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुबेँसीदेखि ठूलो हाकुसम्म सडकको दूरी १० किमी रहेको र निर्माण सम्पन्न गर्न करीब १ करोड लाग्ने अनुमान गरिएको छ । सदरमुकामबाट पाँच घण्टामा हाकु पुग्न सकिने क्षेत्र भए पनि भौगोलिक विकटताले गर्दा दूरदराजकै रुपमा रहेको हाकु क्षेत्रमा अब सडक निर्माणसँगै गाउँको मुहार फेरिने समाजसेवी कार्साङ तेम्पा तामाङले बताए ।

खच्चर तथा मानिसद्वारा खाद्य सामग्री ढुवानी गरी आएकामा अबको एक वर्षभित्र मोटरबाटो सम्पन्न हुने अपेक्षा गरिएको स्थानीयवासीले बताए । हाकुमा मोटरबाटो तयार भए पनि त्रिशूली नदीमा पुलको आवश्यक पर्ने छ । सो पुल अपर त्रिशूली १(२१६ मेगावाट जलविद्युत् आयोजना)ले निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।

रसुवामा २७ वटा वडा रहेका छन् । हाकु क्षेत्रमा मोटरबाटाको शुरुआत भए पनि लाङटाङ क्षेत्र पर्यटकीय पदयात्रा भएका कारण उक्त क्षेत्रको कुन स्थानसम्म मोटर बाटो लाने भन्ने सम्बन्धमा स्थानीय तह र लाङटाङवासीसँग छलफल भइरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार १०:४१