सहसचिव नवराज ढकाल ल्हासा र उदय रानामगर हङकङका लागि महावाणिज्यदूत नियुक्त
१४ भदाै, काठमाडाैँ । नुवाकोट जिल्ला स्थायी घर भएका नेपाल सरकारका दुई सहसचिव नवराज ढकाल र उदय रानामगर ल्हासा र हङकङको रिक्त महाबाणिज्यदूतमा नियुक्त भएका छन । राना झापाको प्रमुख जिल्ला अधिकारी र ढकाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अघिल्लो मन्त्रिपरिषद् बैठकबाट परराष्ट्र मन्त्रालय अन्तर्गत सरूवा भएका थिए ।
अाइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ढकाल र रानालाइ ल्हासा र हङकङको महाबाणिज्यदूतमा चार वर्षका लागि नियुक्त गरेको हो । हङकङ र ल्हासाको महाबाणिज्यदूत पद ५ महिनादेखि रिक्त थियो ।

महाबाणिज्यदूतमा सिफारिस भएका राना र ढकाल दुबै नेपाल सरकारका इमान्दार कर्मचारी हुन । ढकाल नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ र राना वडा नम्बर १२ का स्थायी बासिन्दा हुन ।
प्रकाशित मिति : 22:34









