६४९ स्थानीय तहमा तत्काल ५ बेडको अस्पताल सञ्चालन गर्ने स्वास्थ्य मन्त्री ढकालको निर्णय
१२ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल नभएका ६४९ स्थानीय तहमा एकै पटक अस्पताल सञ्चालनमा ल्याउने निर्णय गर्नुभएको हो ।

उक्त अस्पतालमा एमबीबीएस डाक्टर एक जना र नर्स दुइ जना हुनेछन भने आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरू पनि रहनेछन । मन्त्री ढकालले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट ६४ करोड पनि आजै निकासा गर्नुभएको छ । स्थानीय तहमा कहाँ अस्पताल सञ्चालन गर्ने भन्ने निर्णय सम्बन्धित स्थानीय तहले गर्नेछन । साथै अस्पतालको व्यवस्थापन पनि स्थानीय तहले नै गर्नेछ ।
प्रकाशित मिति : 18:51









