९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

कांग्रेस नेता समेत रहेका उद्योगपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि, आफैँले दिए जानकारी

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका उद्योगपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चाैधरीले कोरोना संक्रमण पुष्टि भएको विषयमा आफैँले जानकारी दिएका छन ।  चाैधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन ।

नमुना परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले बताएका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : August 28, 2020 at 2:08 pm