५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ताप्लेजुङमा सालकको १ किलो ५ सय ग्राम खपटासहित दुई पक्राउ

१८ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा दुर्लभ वन्यजन्तु सालकको १ किलो ५ सय ग्राम खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेबाट खपटासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय सन्तोषकुमार लिम्बू र अर्का २९ वर्षीय मंगलसिंह लिम्बू रहेका छन् । झोलामा लुकाई राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

शुक्रबार नै सिदिङवा गाउँपालिका–४ साब्लाखुबाट एक थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीको फोन नं सहितको सन्देशमूलक स्टिकर टाँस्ने क्रममा स्थानीयवासी यमकुमार राईको घरमा फेला परेको बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । स्टिकर टाँस्ने क्रममा पुगेको प्रहरीको टोलीले उक्त बन्दुक ढोकापछाडि लुकाइराखेको अवस्थामा फेला पारेको थियो । बन्दुक फेला परे पनि घरधनी घरमा नरहेकाले खोजी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १९:५७