५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विद्यालय तहमा सिपयुक्त विषय समावेश, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ लागु

१८ जेठ, काठमाडौं । कक्षा ९ र १० मा सिपयुक्त बिषय समावेश गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ लागु भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी कक्षा ९ र १० मा हुने ७ वटा बिषयमध्ये ऐच्छिक बिषय अन्तर्गत सिपयुक्त बिषय रहने व्यवस्था गरिएको जानकारी दिए ।


कक्षामा पढाइ हुने २ ऐच्छिक बिषयमध्ये एउटा सिपयुक्त बिषय रहने भएको छ । कक्षा ११ र १२ मा भने नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनउपयोगी शिक्षा गरि ४ बिषय अनिवार्य रहने व्यवस्था रहेको मन्त्री पोखरेलले बताए । विद्यालय तह पार गर्दा विद्यार्थी रोजगार उन्मुख हुन सक्ने गरि पाठ्यक्रमको प्रारुप तयार पारिएको मन्त्री पोखरेलले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १९:४८