३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

भन्सार छलेर ल्याएको ५ लाख पर्ने सुनकाे चुरासहित श्यामसुन्दर यादव पक्राउ

१८ जेठ,काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको झण्डै पाँच लाख पर्ने दुईवटा सुनकाे चुरासहित धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा   काठमाणडाै महानगर पािलकाे सिनामंगलबाट यादवलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले यादवबाट सुनको  चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ ।

पक्राउ परेका यादवलाई आज आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : June 1, 2018 at 6:15 pm