१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

भारतीय सञ्चारमाध्यमको पछि लागेर मेरो बारेमा गरिएको प्रचारमा सत्यता छैनः सल्लाहकार भट्टराई

१० भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले आफ्नो बारेमा भएको दुष्प्रचारको खण्डन गरेका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत सल्लाहकार भट्टराईले भारतीय मिडियाले भारतीय लगानीकै मिडियाहरूले गरेको अतिरञ्जित प्रचारमा कुनै सत्यता नरहेको बताएका छन ।

उनले भनेका छन ‘भारतीय एक मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइन हरुले मेरो विषयमा गरेको अतिरञ्जित प्रचारमा सत्यता छैन । मैले राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघात पार्ने काम गरेको छैन ।’

सल्लाहकार भट्टराईले अघि भनेका छन ‘इपीजीको जिम्मेवारी लिएको बेला त्यसले निर्धारण गरेको आचारसंहिता र नियमलाई उल्लंघन हुने काम भएको छैन । दुष्प्रचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’ भारतका केही सञ्चारमाध्यम र नेपालमा भारतीय दूतावसको पैसा लिएर समाचार लेख्ने केही मिडियाले भट्टराईको बारेमा नेपाल-भारत प्रबुद्ध समूहका तत्कालीन सदस्य भट्टराईलाई चीनले १५ लाख रुपैयाँ दिएर नेपाल-भारत सम्बन्धबारे ‘रिसर्च’ गर्न लगाएको भन्दै समाचार लेखेका थिए ।

प्रकाशित मिति : 14:15