काेराेनाबाट नेपाली कांग्रेसका नेता गोविन्द रञ्जितको निधन
९ भदाै, काठमाडाैँ । काेराेनाबाट नेपाली कांग्रेसका नेता गोविन्द रञ्जितको निधन भएकाे छ । नेपाली कांग्रेस काठमाडौँ महानगर २१ का इकाइ सभापति गोविन्द रञ्जितको निधन भएको हाे। कोरोना संक्रमणपछि उपचार गराइरहेका करिब ६६ वर्षका रञ्जितको मंगलबार निधन भएको हो।

उनलाई एक साताअगाडि कोरोना संक्रमण पुष्टि भएको थियो। उनका परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ। उनकाे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मंगलबार मध्यान्ह १२:१७ मा निधन भएको हो।
प्रकाशित मिति : 15:49









