१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

जीवन रक्षालाई विशेष ध्यान दिँदै सुरक्षित रूपमा तीज मनाउन स्वास्थ्यमन्त्री ढकालको अनुरोध

५ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हरितालिका (तीज) मनाउँदा जीवन रक्षालाई विशेष ध्यान अनुरोध गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल मार्फत नेपाली नारीहरूमा तीजको शुभकामना दिनुहुँदै मन्त्री ढकालले जीवन रक्षालाई विशेष ध्यान दिदै सुरक्षाका उपायहरु अपनाएर अहिलेको तिज मनाउन सबैमा अनुरोध गर्नुभएको हो ।

उहाँले उल्लेख गर्नुभएको छ ‘हामी कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्थामा छौं । जीवन रक्षालाई विशेष ध्यान दिदै सुरक्षाका उपायहरु अपनाएर अहिलेको तिज मनाउन सबैमा अनुरोध गर्दछु । हरितालिका तिज, २०७७ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक शुभकामना !’

प्रकाशित मिति : 14:16