१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

केपी ओलीले नेकपा अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजिनामा दिनुपर्दैनः प्रचण्ड

३ भदाै, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोली फेरेका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनु नपर्ने स्पष्ट पारेकाछन । एपिवान् टेलिजिभनबाट प्रसारण हुने कार्यक्रम द ब्राभो डेल्टा शोमा प्रचण्डले ओलीले कुनै पनि पद छाड्नुनपर्ने बताए ।

उनले नेकपा महाधिवेशनको बाटोमा अघि बढेको भन्दै अब पदको विषयलाइ लिएर विवाद नहुने बताए । पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपाल सहूको लैलैमा लागेर प्रचण्डले पार्टीको बैठकमा ओलीको राजिनामाको प्रसंग उठाएका थिए । यद्यपी उनी निकटकै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीको राजिनामा माग्ने विषय बैठकको एजेण्डा नभएको भन्दै स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : 22:04