११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

हराएका बर्दियाका ५ बालकको भारतबाट उद्धार

१८ जेठ,बर्दिया । भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताएकी छिन् ।

एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा ५ वर्षीय दिलीप थापा, बाँके सिमलघारी घरभएका हजारी विकको छोरा १३ वर्षीय अरुण विक, रुकुम सानेचौर घर भएका जुना परियारको छोरा १२ वर्षीय रविन परियार र बर्दिया गुलरिया–९ घर भएकी दिलमाया विकको छोरा ११ वर्षीय अजय विकलाई उद्धार गरेर ल्याइएको महिला विकास अधिकृत बस्नेतले बताए ।

ती उद्धार गरेर ल्याइएका बच्चालाई अहिले जिल्ला सेवा केन्द्र गुलरियामा पुनःस्थापनाको लागि राखिएको उनले बताए । ती बच्चालाई भारतबाट ल्याउन धेरै दिनको प्रयासबाट दुई दिन लगाएर नेपालमा ल्याइएको उनले जानकारी दिए ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हराएका बच्चाको संरक्षणका लागि सरकारले नीति बनाउनु पर्ने बताउँदै पुनःस्थापनापछि बालबालिकाको हकअधिकारको व्यवस्था राज्यले गर्नुपर्ने आवश्यकता रहेको अाैँल्याए ।

यस वर्ष जिल्ला बालकल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय, बर्दियाले पाँच बालक र एक बालिका गरी छ जनालाई उद्धार गरेको महिला तथा बालबालिका कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ११:०५