१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु पर्छः शिक्षाविद् कोइराला

१८ जेठ,काठमाडौँ  ।शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको पहुँचमा लैजानुपर्ने बताए ।

युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने जनाएका छन् ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि अधिकारीले शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

पुनःगठित अखिल क्रान्तिकारी का अध्यक्ष आलोक रायमाझी, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतमलगायतले मुलुकको विकास तथा समृद्धिका लागि कस्तो जनशक्ति आवश्यक छ, सोहीअनुसारको पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए  ।

प्रकाशित मिति : June 1, 2018 at 9:42 am