१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

विवाद समाधानका लागि अध्यक्षद्वय ओली- प्रचण्डले बनाएकाे कार्यदल सचिवालय बैठकद्वारा अनुमोदन

१ भदाै, काठमाडाैँ । नेपाल कम्मुनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गत साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

सोमबार बिहान बालुवाटारमा बसेको बैठकले दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहालको सहमतिमा बनेको साे कार्यदललाई अनुमोदन गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र थप छलफलका लागि बैठकमा पेस हुने जानकारी दिए । साउन ४ गतेदेखि हुन नसकेको पार्टी सचिवालय बैठक सोमबार बालुवाटारमा बसेको हो । कार्यदलका लागि समयसीमा नतोकिएको प्रवक्ता  जानकारी दिए ।

प्रकाशित मिति : 12:05