३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

धुमुर्स भन्छन लुट प्रमाणित भए मर्न तयार छु (भिडियोसहित)

१७ जेठ, काठमाडौँ । कालाकारिताको माध्यमबाट समाजसेवामा आएका सिताराम कट्टेलले धुर्मुसले लुटेको प्रमाणित भए आफू मर्न पनि तयार रहेको बताएका छन । दैनिकी टडकमले समाचारमाथि लेखेको समाचारपछि उत्पन्न परिस्थितपछि वीर अस्पतालमा स्वास्थ्यमन्त्री समेत रहेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफूले लुटेको प्रमाणित भए मर्न तयार रहेको बताएका हुन ।

अन्तरक्रियामा अलि भावुक देखिएका धुर्मसले अस्पताल प्रशासनकै अनुमतिमा सहयोग दतासँग सहयोग (चन्दा) रकम लिएको बताए । उनले सहयोग संकलन आफूहरुको बाध्यता रहेको बताए । अनौपचारिक कुराकानीकै दौरानमा रंगरोगनको कुरा पनि आयो सुरु गरियो तर काम गर्ने साथीहरुलाई खर्च दिनुपर्ने हाम्रो बाध्यता थियो त्यसपछि सहयोग जुटाउँदै काम गरियो तर ४८ लाख खर्च भएकोमा जम्मा १४ लाखमात्र सहयोग जुटेको बताए ।

अस्पतालका निर्देशक र न्याम्सका भिसीको खेलको बीचमा परेका धुर्मुसले पत्रकारसँगको कुराकानीमा आन्तरिक विषय भने उठाउन चाहेनन् । सरसफाइको विषयलाई लिएर अस्पतालका कर्मचारी समेत दुई कित्तामा उभिएको प्रष्टै देखिएको छ । मन्त्रीकै अघि एक कर्मचारीले भित्तोमा कस्तो रंग हुनुपर्ने भन्नेमा स्पष्ट हुनुपर्ने भन्दै असन्तुष्टि पोखे । वीरका निर्देशक डा भुपेन्द्र बस्नेतको योजनामा ती कर्मचारीले मन्त्रीकै अघि त्यस्तो प्रश्न उठाउने हिम्मत गरेको भन्दै अन्य कर्मचारी भने कानेखुशी गरिरहेका थिए ।

यो पनि पढ्नुहोस्

–वीर अस्पतालका नाममा चन्दा उठाउनु गलत, सफाइको खर्च सरकारले व्यहोर्छः राज्यमन्त्री अर्याल

हेर्नुहोस् भिडियो (साैजन्य विकासन्युज)

 

प्रकाशित मिति : May 31, 2018 at 8:06 pm