केपी ओलीलाई गाली गर्न पत्रकार भेला गरिएकै कलेजमा प्रचण्ड समूहको अर्को भेला
२९ साउन, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्न पत्रकार भेला गरिएकै कलेजमा नेकपाका अर्का अध्यक्ष प्रचण्ड समूहले अर्को भेला गरेको छ । बिहीबार प्रधानमन्त्रीसँग भएको छलफलपछि प्रचण्डले समहूको भेला गरेर ओलीसँग वार्ताका लागि एजेण्डा मागेका हुन ।
काठमाडौंको थापागाउँस्थित उक्त कलेजमा गुटको भेलामा नलाग्ने भन्दै सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेर सार्वजनिक प्रतिवद्धता जनाएका केही सांसद समेत सहभागी भएका छन । भेलामा प्रचण्डले वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नरायणकाजी श्रेष्ठसहित प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने सोही गुटका नेताहरू सहभागी रहेका थिए ।

प्रचण्डले भेलामा बिहीबार आफूले ओली पक्षका कुरा ध्यानपूर्वक सुनेको मात्रै र शुक्रबार आफ्नो तर्फबाट पनि कुरा राख्ने भन्दै सुझाव समेत लिएका थिए । प्रचण्डले भेलामा पार्टी एकतालाई अझ बलियो र सम्मृद्ध बनाउने कुरा प्रधानमन्त्रीले प्रस्ताव गरेको बताएका थिए । वारपारको लडाइँ लड्ने उद्घोष गरेका प्रचण्डढ समूहका नेताहरूले हरेक प्रदेशका गुटका नेताहरूसँग छुट्टाछुट्टै छलफल चलाइरहेका छन । उनीहरूले बुधबार गण्डकी प्रदेशका गुटका नेताहरूसँग छलफल गरेका थिए ।
प्रकाशित मिति : 22:38









