पाँच दिनमा नेकपाको विवाद सुल्झाउने उद्घोष गरेका ओलीले प्रचण्डसँग चार घण्टा छलफल गरे
२९ साउन, काठमाडाैँ । पाँच दिनमा नेकपाको विवाद सुल्झाउने उद्घोष गरेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा दुइ अध्यक्षको बीचमा भएको छलफल सकारात्मक भएको बुझिएको छ । दुइ अध्यक्षले शुक्रबार फेरि छलफल गर्नेछन ।
विदेशी शक्तिको इशारामा पार्टीभित्रकै नेताहरूले पार्टी फुटाउने र सरकार समेत ढाल्ने भनेर गतिबिधि गरेपछि नेकपाभित्र विवाद चर्किएको छ । विवाद चर्किदै जाँदा एजेन्डामा छलफल गरीरहेको स्थायी कमिटी समेत एजेण्डाबिहीन भएर बाटो बिराउने अवस्थामा पुगेको थियो । पछिल्लो एक सातादेखि संवादबिहीन बनेका अध्यक्षद्धयले बिहीबार भने विभिन्न विकल्पमा चार घण्टा छलफल गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

अध्यक्षद्धयको बिचमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना लगायतको विषयमा छलफल भएको छ । पछिल्लो पटक प्रचण्डको नेतृत्वमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले गुटको एजेण्डा सेटिङमा काम गरिरहेका पत्रकार भेला पारेर सरकारविरूद्ध लाग्न उर्दी जारी गरेका थिए । त्यसपछि दुबै अध्यक्षको बीचमा संवाद समेत भएको थिएन ।
प्रकाशित मिति : 16:23









