१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

पाँच दिन भित्र नेकपाको सम्पूर्ण समस्या समाप्त हुने प्रधानमन्त्री ओलीको घोषणा

२८ साउन, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपाको सम्पूर्ण समस्यया समाप्त हुने बताउनुभएको छ । पत्रकार भुषण दाहालसँग एपिवान टेलिभिजनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले पाँच दिनमै पार्टीको विवाद मिल्ने उद्धघोष गरे ।

प्रधानमन्त्रीले भने ‘भोलिको दिनलाई एक गन्नुहोस्, पाँच दिन भित्र पार्टीभित्रको समस्याले निकास पाउँछ ।’  प्रधानमन्त्री ओलीले विगतमा आलोपालो नेतृत्व गर्ने विषयमा सहमति भएको भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा सरकारको नेतृत्व पाँच वर्ष गर्ने गरी सहमति भएको बताए ।

उनले प्रचण्ड र माधव नेपाल समूहले गरेको पत्रकार भेटघाटको सन्दर्भ उल्लेख गर्दै पार्टीका अन्य नेताले वारपारको लडाइँ लड्ने भनेर उद्घोष गर्दा पनि आफू चुपचाप पार्टी र सरकारको काम लागेको बताए । प्रधानमन्त्री ओलीले आफू पार्टी फुटाउने नभइ जुटाउने मान्छे भएको बताए । प्रधानमन्त्रीसँगको कुराकानीको तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 22:26